संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्यो, खबरदारी गर्छाैं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए।