१४ पुस २०८१ आइतबार
image/svg+xml

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

महिला टी–ट्वान्टी सिरिज: हङकङद्वारा नेपालसामु १०२ रन

नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन्। हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ।

महिला फुटबलमा चासो र लगानी बढ्ने आशा

यस विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्।

मधेसमा झन्झन् बढ्दो महिला हिंसा

कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ।

महिला टी–२० सिरिज: नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महिला टी–२० सिरिज: नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।

जमिनमा बढ्यो महिलाको स्वामित्व

कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो। महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो। यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो।

नेपाल र हङकङ भिड्दै

मलेसियामा मंगलवार (आज) बाट शुरु हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।

स्पेनलाई विश्वकप उपाधि

खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।

स्विडेन चौथो पटक तेस्रो

तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो।

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

महिला कबड्डीको प्रशिक्षण भारतमा

नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।

कपर्दी टिमको बिदाई

चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कपर्दी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन्। यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ। प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्