२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनलाई विश्वकप उपाधि

पुरुषसँगै विश्वकप जित्ने जर्मनीपछि दोस्रो राष्ट्र

खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।

७५ हजार सात सय ८४ दर्शकको साथ पाएको स्टेडियम अस्ट्रेलियामा आइतबार भएको फाइनल खेलमा ओल्गा कार्मोनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेपछि स्पेन विश्वकप च्याम्पियन भएको हो। यो विजयसँगै ला रोजा (स्पेनको उपनाम) ले फुटबलमा एकै वर्ष तीन विश्वकपको उपाधि भित्रायो। एक वर्षमा फिफा यु–१७ महिला, फिफा यु–२० महिला र सिनियर महिला टोलीको विश्वकप उपाधि उचाल्ने स्पेन पहिलो राष्ट्र बन्यो। नवौं संस्करणसम्म आइपुग्दा महिला विश्वकप जित्ने पाँचौं राष्ट्र हो स्पेन। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले समान एकएकपटक महिला विश्वकप उपाधि उचालेका छन्। जर्मनीसँगै पुरुष र महिलाको विश्वकप जित्ने स्पेन दोस्रो राष्ट्र पनि बनेको छ।

खेल सकिएको जनाउमा अन्तिम सिठी बजेपछि स्पेनिस खेलाडीले एकै ठाउँमा भेला हुँदै उत्सव मनाएका छन्। ट्रफी हस्तान्तरण नभएसम्म उनीहरू नाचगानमा व्यस्त रहे। उनीहरूले ट्रफी उचालेर आफूलाई गोल्डेन पुस्ताको रूपमा साबित गराए। खेलाडीको विद्रोहपछि स्पेनले बनाएको नयाँ टोलीले उपाधि उचालेको हो।  

इङ्ल्यान्ड सन् १९६६ पछि महिला विश्वकप जित्ने सपनानजिक पुगेर पनि सफल हुन सकेन। फुटबलकै जन्मदाता राष्ट्र इङ्ल्यान्डले ५७ वर्षअघि पुरुष विश्व कपको उपाधि जितेयता त्यो सफलता दोहो¥याउन सकेको छैन। सफलता पाउन इङ्ल्यान्डले अभैm प्रतीक्षा गर्नुपर्ने छ। ‘उनीहरू राम्रा टोली हुन्। हामीले पहिलो हाफमा राम्रो गर्न सकेनौं। दोस्रो हाफमा राम्रो गरेका थियौं,’ इङ्ल्यान्डकी कप्तान मिली ब्राइटले भनिन्, ‘तर फिनिसमा चुक्यौं। फुटबलमा यो कठिन पक्ष हो। यो हारले फेरि इङ्ल्यान्डको फुटबलमा निरासा छाएको छ।’ खेल निकै आक्रामक थियो, सुरु भउको २९औं मिनेटमै कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। जुन गोल स्पेनलाई इतिहास रच्न पर्याप्त भयो। सेमिफाइनलमा स्पेनले स्विडेनविरुद्ध पनि अन्तिम समयमा २–१ को जित निकाल्दा कार्मोनाकै गोल निर्णायक साबित भएको थियो।  

योसँगै उनी सन् २०१५ को विश्वकपमा कार्ली लिओडपछि सेमिफाइनल र फाइनल दुवैमा गोल गर्ने पहिलो खेलाडी बनिन्। स्पेनले ६८औं मिनेटमा अग्रता दोब्बर बनाउन पाउँदा जेन्नी हर्मोसो असफल भइन्। उनको प्रहारलाई इङ्ल्यान्डकी गोलकिपर म्यारी इप्र्सले उत्कृष्ट तरिकाले रोकिन्।

गत सेप्टेम्बरमा स्पेनका १५ खेलाडीले थप व्यावसायिक वातावरण सिर्जना गर्न फुटबल फेडेरेसन समक्ष माग राख्दै प्रशिक्षकको शैलीप्रति पनि प्रश्न उठाए। फेडेरेसनले उनीहरूलाई मानसिक समस्या भएको भन्दै टोलीबाट हटायो।  

तिनै खेलाडीमध्ये ओना ब्याटल, ऐटाना बोनमटी र मारिओना काल्डेन्ट विश्वकप टोलीमा पुनरागमनको अवसर पाए। आरोप लागेकै प्रशिक्षक जर्ज भिल्डाले नै स्पेनलाई विश्व च्याम्पियन बनाए। गत वर्ष युरोपियन च्याम्पियन बनेको इङ्ल्यान्ड महिला विश्वकप च्याम्पियन बन्न असफल रह्यो। इङ्ल्यान्डकी सेरिना विगमेन लगातार दुईवटा विश्वकपमा देशलाई फाइनलसम्म पु¥याउने पहिलो प्रशिक्षक बने पनि दुवैपटक उपाधि उचाल्न असफल भइन्। सन् २०१९ मा उनकै प्रशिक्षणमा नेदरल्यान्ड्स फाइनलमा पुगे पनि अमेरिकासँग पराजित भएको थियो। यसपटक पनि डच प्रशिक्षकको सपनामा स्पेन बाधक बन्यो।

प्रकाशित: ४ भाद्र २०८० ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App