१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालद्वारा कुवेत ३४ रनले पराजित

चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ।

मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो। यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ। हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो। कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन्।

त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डंगोलले दुई विकेट लिइन्। ईश्वरी विष्ट, कविता कुँवर र सीता राना मगरले समान एकएक विकेट लिए।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन्। विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन्। नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कुवेतका लागि मरिन्मा हैदरले चार विकेट लिए भने  मरयाम ओमरले दुई विकेट लिइन्। उक्त  सिरिजमा नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा छ। अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ।

प्रकाशित: ६ भाद्र २०८० १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App