१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

महिला कबड्डीको प्रशिक्षण भारतमा

नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।  

आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९औं एसियाड सुरु हुँदै छ। उक्त एसियाडमा कबड्डीसहित नेपालका २९ खेलका खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्। सोही एसियाडको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष प्रशिक्षण गर्ने भएको हो। उक्त टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

नेपाली महिला कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनीता थापा, सिर्जनाकुमारी थारू, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, ईशा राई र कलावती पन्त छन्। प्रशिक्षकमा पार्वती राई र विष्णुदत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन्। टोली भारतको हरियाणास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।  

 

प्रकाशित: २ भाद्र २०८० ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App