२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

कपर्दी टिमको बिदाई

चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कपर्दी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन्। यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ। प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ।

नेपाल ओलम्फक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यत्रमबीच टिमलाई बिदाइ गरे। हाङचाउ एसियाली खेलकुदमा नेपालले कपर्दीको महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ। विदाई समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास पोखे।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन्। यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन्।

विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चुतरानन्दराज बैद्य, कमिटीका सचिव तथा नेपाल कपर्दी संघकी अध्यक्ष तुल्सी थापा, संघका महासचिव अरविन्दकुमार झा र सचिव तर्कराज भट्टको पनि उपस्थिति थियो।  

प्रकाशित: १ भाद्र २०८० १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App