६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा काठमाडौं, पोखरा र चितवन जिल्लाका गरी ८० भन्दा बढी महिला उद्यमीबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा आठ ‘फाइनलिस्ट’हरू छनोट गरिएको थियो।

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले सहभागी उद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदै गरेको जनाइन्।

आठ ‘फाइनलिस्ट’हरू मध्ये मेनुका गुरुङ (डुलुवा आउटडोर्स), राशी महर्जन (लर्नर्स रुम) र सरला महर्जन (सकल नेचुरो मल्टी-पर्पस क्लिनर) लाई विजेता घोषित गरिएको थियो। विजेता प्रत्येकले १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका थिए। यस्तै मुख्य तीन विजेताहरूलाई उनीहरूको ‘इनिसिएटिभ’ अगाडि बढाउन र लक्ष्य नजिक पुर्‍याउन आर्थिक सहयोग प्रदान गरिएको थियो।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलनाथले महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासका लागि जरुरी रहेको औंल्याए।

प्रकाशित: ११ भाद्र २०८० ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App