२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल टी–२० लिग सम्बन्धी सम्झौता नै गैरकानुनी ठहर

बुधबार गैरकानुनी ठहर भएको प्रतिवेदन राखेपद्वारा गठित पाँच सदस्यीय छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको हो।

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोट्ससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्।

लिगले निरन्तरता पाउँछ: चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।

खेलाडीले पारिश्रमिक पाउँछन्, खेल रोकिँदैन-क्यान

नेपाल क्रिकेट संघ(क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

नेरी र अस्मिनाको धैर्यपूर्ण ब्याटिङ

नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) लाई दुई विकेटले पराजित गरेको छ।

रुबिनाको ह्याट्रिक, क्यान ११ सँग एमसिसी पराजित

पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्‍याे। काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दोस्रो विकेट पनि थप एक जोड्ने क्रममा गुम्यो। इन्दु बर्मा एक बलमै गोल्डेन डक आउटको शिकार भइन्।

असोज २० मा नेपाल फर्कन्छुः सन्दीप

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने अठोटका साथ असोज २० गते नेपाल फर्किने बताएका छन्।

नेपाल टी–२० मा ब्रेटली मेन्टरमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्।

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

‘नोभेम्बर १५ सम्ममा विश्ववरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।’

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्