१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रुबिनाको ह्याट्रिक, क्यान ११ सँग एमसिसी पराजित

रुबिना क्षत्रीको ह्याट्रिक प्रेरित नेपाल क्रिकेट संघ (क्यान) ११ ले भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले पराजित गरेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्‍याे। काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दोस्रो विकेट पनि थप एक जोड्ने क्रममा गुम्यो। इन्दु बर्मा एक बलमै गोल्डेन डक आउटको शिकार भइन्।

२/१३ को अवस्थामा रहेको क्यान ११ ले छ रन जोड्दा अर्को विकेट खस्यो। चौथो र पाँचौ विकेट पनि केवल एक रन जोड्ने क्रममा गुमाउन पुगेको थियो। सम्झना खड्काले १७ रनको इनिङ खेलिन्। नेरी थापाले १८ रन बनाउने क्रममा ३१ बल खेल्दै २ चौका हिर्काइन्।

सुमन खतिवडा र कविता कुवँरले १६ र १७ रनमा खेलिन्। सुमनले १७ बल खेल्दै २ चौका हिर्काउँदा कविताले पनि १७ रन बनाउने क्रममा ११ बल खेलिन्। उनको व्याटबाट पनि २ चौका निस्कियो। रचेल पोटरले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिदाँ रिया राभल र अमाण्डा पोटगियटरले समान २/२ विकेट लिए।  

१ सय रनको लक्ष्य पछ्याएको एमसिसी केवल ८० रनमा समेटिन पुग्यो। अन्तिम ओभरमाा जितको लागि २० रनको खाँचो थियो। चारविकेट बाँकी थियो। अन्तिम ओभर बलिङ गरेका रुबिनाले अन्तिम पाँच वलमा ४ विकेट लिईन्। ८० रनमा खेलिरहेको एमसिसीले बाँकी चार विकेट विना रन गुमायो।

रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिदैं ह्याट्रिक गरिन्। र पाँचौ बलमा समेत विकेट लिएपछि एमसिसी ८० रनमा अलआउट हुन पुग्यो। पहिलो ओभरमै दुई विकेट लिदैं क्यान ११ ले भ्रमणकारी टोलीमाथि दबाव दिएको थियो। कविता कुँवरले लिइन्। मिया रोजर्स र रचेल पोटरलाई पहिलो ओभरमा गुमाएको एमसिसीलाई अबि ह्वाईब्रोले सम्हालिन्। ह्वाईब्रोले १९ रनको योगदान गरिन्।

जेन्नी कितजिन्गरले १४ रन बनाउँदै इनिङलाई सम्हाले। दुवैले समान २ चौका हिर्काए। एलिसा हबर्ड २० रनमा अविजित रहिन्। नेरी थापा र कविता कुँवरले दुई दुई विकेट लिए। खेलमा प्लेयर अफ दि म्याच भने रुबिना क्षत्री भइन्। क्षत्रीर्ला पोखरा महानगरप्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका थिए। नेपाल भ्रमणमा रहेको एमसिसीले पोखरामा दुई टी–२० र दुई एक दिवसीय खेल खेल्ने छ। शनिबार एकदिवसीय खेल खेल्ने खेल तालिका छ।  

प्रकाशित: ११ कार्तिक २०७९ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App