२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल टी–२० लिग सम्बन्धी सम्झौता नै गैरकानुनी ठहर

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाका लागि गरिएको सम्झौता गैरकानुनी रहेको ठहर भएको छ।  

बुधबार गैरकानुनी ठहर भएको प्रतिवेदन राखेपद्वारा गठित पाँच सदस्यीय छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको हो।

राखेपले पुस २० गते विदेशी खेलाडीको श्रम स्वीकृतिका साथै प्रतियोगिताको सञ्चालनको सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण तथा कागजात माग गरेपनि त्यसको बेवास्ता गरेको र पछिल्लो समय लिगमा विसंगति देखिएको भन्दै छानबिनका लागि राखेपले पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।

छानविन समितिले बुझाएको प्रतिवेदन यस्तो छः

१) नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी–२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौतालगायत विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको सर्त र दफा ४४ को उपदफा ९२० मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर ।

२) प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी–२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर ।  

३) नेपाल टी–२० लिग प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्‍याउने ।

४) कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिने ।

प्रकाशित: ११ माघ २०७९ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App