३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोट्ससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोट्ससँगको सम्झौत पूर्ण रुपमा कार्यन्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन्।  नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्। 

अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए। सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौति भएको भन्दै सोमवार भारत गएका थिए। 

नेपाल क्रिकेट संघ क्यानलेनेपाल टी–२० लिग  सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए। पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको र बिहीवार एक करोड पठाएको अध्यक्ष चन्दले बताए। सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए। 

अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए। चन्दले केही टोलीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रुपमा आयोजना हुने बताए। जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिबको गतिविधि भएको चर्चा सञ्चार माध्ययमा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टिका टिप्पणी हुन थालेका हुन्।

प्रकाशित: २१ पुस २०७९ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App