नेपाली कविताको प्रादेशिक इतिहास तयार गरिँदै
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ। प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो। विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले सबै (७ वटै) प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य सुरु भइसकेको बताए।