coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रज्ञा–प्रतिष्ठानबाट ‘सृष्टिका कथा’ आउने

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्ति कथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो । ‘प्रत्येक जाति र तिनका थरका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।’ बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले भने, ‘नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा संकलन गरेर प्रकाशन गर्ने निणय गरिएको हो ।’

प्राज्ञ डा. नेपालका अनुसार साउन १४ गते बुधबारका दिन बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्यांकन तथा कार्यसमीक्षा गरिनुका साथै आगामी आ.व.का योजनाका बारेमा छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको छ ।

प्रकाशित: १६ श्रावण २०७७ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App