१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपाली कविताको प्रादेशिक इतिहास तयार गरिँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ। प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो। विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले सबै (७ वटै) प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य सुरु भइसकेको बताए।

 पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश १ मा प्रा.डा. भोलानाथ पोखरेल, प्रदेश २ मा तोयाराज घिमिरे, वाग्मती प्रदेशमा डा. गीता त्रिपाठी, गण्डकी प्रदेशमा प्रा.डा. यदुनाथ ढकाल, प्रदेश ५ मा डा. विन्दु शर्मा, कर्णाली प्रदेशमा प्रा. जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ। 

प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको सुरुवात गरिने प्राज्ञ प्रा.डा. पौडेलले बताए।

प्रकाशित: १८ श्रावण २०७७ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App