८ वैशाख २०८१ शनिबार
अर्थ

निजी क्षेत्रको भावना बुझ्ने कांग्रेसमात्र

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त पार्टीले मुलुकको आर्थिक विकास, रोजगारी र उद्यम/व्यवसाय मैत्री वातावरण निर्माणमा महत्वपूर्ण काम गरेको दाबी गरेका छन्।  

नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रित विशेष समितिसँगको छलफलमा वरिष्ठ नेता पौडेलले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारे पनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको बताए। ‘कांग्रेसले समृद्ध राष्ट्र निर्माण गर्न, जनतालाई सम्पन्न बनाउन उद्यम, रोजगारी र पूर्वाधार विकासमा धेरै काम गरेको छ। आर्थिक उदारीकरणले निजी क्षेत्रको विस्तार सम्भव भएको हो। कांग्रेसबाहेक अरु कसैले पनि निजी क्षेत्रको भावना बुझ्न सक्दैन,’ नेता पौडेलले भने।

प्रकाशित: १६ श्रावण २०७७ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App