चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५औं वार्षिकोत्सवका अवसरमा आज शनिबार राष्ट्रपति भण्डारीसँग शुभकामना तथा बधाई आदानप्रदान गर्दै सीले द्विपक्षीय हित र प्रगतिका लागि आफू नेपालसँग सहकार्य गर्न अत्यन्त इच्छुक रहेको धारणा राखेका हुन् ।
चिनियाँ सञ्चारमाध्यम सिह्वाका अनुसार चीनका राष्ट्रपति सीले दुवै देशका जनताको समृद्धि र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न आफू नेपालकी समकक्षी राष्ट्रपति भण्डारीसँग काम गर्न तयार रहेको बताएका छन् ।
प्रकाशित: १७ श्रावण २०७७ ११:२६ शनिबार