४ मंसिर २०८१ मंगलबार
image/svg+xml

एक हप्तादेखि शिक्षक बेपत्ता

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन्।

चुनावमा दलका प्रमुख प्रचारक शिक्षकहरु

शिक्षा ऐन र निजामति कर्मचारी ऐनले शिक्षक र कर्मचारीहरुलाई कुनै पनि दलको सदस्य बन्न वा दलीय गतिविधिमा भाग निल नपाउने व्यवस्था कडाइका साथ गरेको छ।

गाउँ प्रमुख र वडा प्रमुखका लागि शिक्षकको राजीनामा

खोटाङमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि विभिन्न दलमा आस्थावान शिक्षकले राजीनामा दिन थालेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखमा उठ्नका लागि शिक्षकको राजीनामा आउन थालेको हो ।

शिक्षकका आँखा स्थानीय तहमा

प्रधानाध्यापकका रूपमा माध्यमिक विद्यालयको नेतृत्व गर्ने महिला जिल्लामा थोरै छन्। तीमध्येकी हुन् शोभा उलक। शिक्षणमा उनले ३० वर्ष बिताइन्। चौतारास्थित वनदेवी माविकी प्रधानाध्यापक उनले वैशाख ३ गतेबाट लागू हुने गरी केही दिनअघि मात्र राजीनामा दिइन्। उमेरअनुसार उनी अझै केही वर्ष शिक्षण गर्न सक्छिन्।

पूर्व प्रहरी हवल्दारले गरे शिक्षकको हत्या

नवलपरासीको गैंडाकोटमा विहीबार बिहान पूर्व प्रहरी हवल्दारले एक शिक्षकको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

चुनाव प्रचारमा शिक्षक र वालवालिका प्रयोग नगर्ने प्रतिवद्धता

थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्।

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

चुनाव प्रचारमा हिँड्ने शिक्षकको जागिर जाने

जिल्ला शिक्षा कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर चुनावी प्रचारमा हिँडे शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

निर्वाचन प्रशिक्षक प्रशिक्षण सुरु

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको छ। आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने प्रशिक्षकलाई विराटनगर, सिन्धुली, हेटौंडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीबाट प्रशिक्षण दिन सुरु गरेको हो।

क्याम्पसका शिक्षकले नै ठगेको गुनासो

दैनिक सयौं विद्यार्थीलाई नैतिकता र ज्ञानगुनका कुरा सिकाउने शिक्षिका नै ठगी धन्दामा लागेकी होलिन् भनेर सायदैले सोच्छन्। झापा, उर्लाबारी आसपासका दुई दर्जनभन्दा बढीले समाज र विद्यालयमा सधैं आदर्शको कुरा गर्ने व्यक्तिको भुलभुलैयामा पर्दा घर न घाटका भएको गुनासो गरेका छन्।

गोली प्रहारबाट घाइते शिक्षकको मृत्यु

अज्ञात समूहले गोली हानी गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। दुई दिन पहिले घरमै सुतिरहेका रौतहटको विश्रामपुर ८ घर भई मकवानपुरको कमला मावि डाँडाखर्कका विज्ञान शिक्षक राम एकबाल यादवलाई मंगलवार राती १ बजे झ्यालबाट अज्ञात व्यक्तिले गोली हानेको थियो।

अज्ञात समूहको गोली प्रहारबाट शिक्षक गम्भीर

अज्ञात समूहले शिक्षकलाई रौतहटमा गोली प्रहार गरेको छ। रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक राम अयोध्या राय यादवलाई राती १ बजे अज्ञात समूहले घरमै गोली हानेको हो।

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सरकारी कागजकिर्ते गरेर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिकविद्यालयलोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्