४ मंसिर २०८१ मंगलबार
image/svg+xml

१२ किलो तौल भएका ६३ वर्षीय शिक्षक सम्मानित

र्घाखाँची जिल्लाको ठूला पोखरा– २ का ६३ वर्षीय एक शिक्षक कृष्णप्रसाद पौडेलको शाररीक तौल जम्मा १२ किलो मात्र छ । बुधबार एक राजधानीमा एक कार्यक्रमबीच शिक्षक पौडेल सम्मानित भएका छन्।

आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो।

एक शिक्षक, ८३ विद्यार्थी

नुवाकोटको रानीपौवास्थित भवानी माविमा प्रारम्भिक बालविकासदेखि १२ कक्षा सम्म ८ सय ८३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ जना शिक्षक दरबन्दी छ। आधारभूत तहमा १० र मावि तहमा ४ शिक्षक छन्। मावि तहमा अनिवार्य र ऐच्छिक गरी ८ विषय पढाइ हुन्छ। चार शिक्षकले मावि तहका तीन सय ३७ विद्यार्थीलाई पढाइरहेका छन्।

मदिरापानले एक शिक्षकको जागिर धरापमा !

मादक पदार्थ सेवन गरी विद्यालय गएपछि खोटाङ अर्खौलेस्थित सरस्वती माविका प्रअ डिकवीर राई राजीनामा दिन बाध्य भए । मंसिर ९ गते जिल्ला शिक्षा कार्यालयको टोली अनुगमनका क्रममा अर्खौले पुग्दा प्रअ राई मापसे गरेर विद्यालयमा आएको पाइएपछि तत्काल राजीनामा मागिएको थियो ।

गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ । शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।

किन पोल्यान्डका शिक्षक सडकमा आए ?

पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन्।

शिक्षकले राजनीति गर्न नपाउने !

खस्कँदो शैक्षिक स्तर उकास्नकालागि खोटाङमा शिक्षकलाई राजनीतिबाट टाढा राख्न सर्वदलीय सहमति जुटेको छ। कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित सर्वदलीय बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो।

इब्राहिमोभिचको बचाउमा प्रशिक्षक माउरिन्हो

लगातारका खराब नतिजाका कारण दबाबमा रहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले गोल गर्न संघर्षरत स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचको रक्षा गर्दै उनले राम्रो खेलिरहेको बताएका छन् । माउरिन्होसँग इन्टर मिलानमा सँगै काम गरेपछि पेरिस सेन्ट जर्मेनमा उच्च सफलताको अनुभूत गरेका ३५ वर्षे स्ट्राइकर यसै सिजनदेखि युनाइटेड आएका थिए । उनले नयाँ क्लबका लागि ११ खेलमा एक गोलमात्र गर्न सकेका छन् ।

आंशिक शिक्षकको भरमा त्रिवि

विभिन्न संस्थान र संकायमा लामो समयसम्म डिन नियुक्त हुन नसक्दा त्रिभुवन विश्वविद्यालयको पठनपाठन अस्तव्यस्त हुन पुगेको छ। डिन नभएकै कारण खाली शिक्षक दरबन्दीमा नियुक्ति हुन नसक्दा आंशिकका भरमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ।

स्यालको टोकाइबाट शिक्षकको मृत्यु भएपछि जिल्लाका सबै विद्यालय बन्द

स्यालले टोकेर शिक्षकको मृत्यु भएपछि शोकमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द भएका छन् । गत असोज १८ गते गरुडा नगरपालिका वार्ड नम्बर ३ का शिक्षक वसन्तकुमार यादव बिहानी भ्रमण(मर्निङ वाक)मा निस्केका वेला बहुला स्यालले टोकेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा अस्थायी शिक्षकको धर्ना

आठौँ संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

प्रशिक्षकसँग खेलाडीले हात नमिलाएपछि...

टुरुन—इटालीयन फुटबल फेडरेशनले स्ट्राइकर ग्रजिन्नो पेल्लेलाई राष्ट्रिय टोलीका प्रशिक्षक जियान पियरोसँग हात नमिलएको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन्छ: शिक्षामन्त्री पौडेल

काठमाडौँ-शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्