८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

स्वदेशी उत्पादन प्रबर्द्धन अभियान: राष्ट्रपतिलाई लोगो हस्तान्तरण

विराटनगरलगायतका प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गर्दै आएको उद्योगीहरूको टोली काठमाडाैं पुगेको हो।

जितिया पर्वले अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्ने छ: राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन्। उनले सो पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

‘राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय शिक्षा नीति बनाउनु पर्छ’

देशको शैक्षिक अवस्थाको बारेमा चासो देखाई जानकारी लिन राष्ट्रपति भण्डारीले सोमबार शिक्षा पत्रकारहरुलाई डाकेकी थिइन्। सोही सन्दर्भमा शिक्षा पत्रकार संजाल नेपाल (इजोन)को सहकार्यमा शिक्षा विटमा कार्यरत पत्रकारहरुले राष्ट्रपति भण्डारीलाई विद्यालयदेखि विश्वविद्यालय तथा विदेशी शिक्षाको अवस्थमा जानकारी गराएका थिए।

नौ दिनपछि बजेट खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो।

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन्।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

महामारी सम्बोधनको वैकल्पिक योजना

महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला तर विश्वका नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ।

औरङ्गजेबको हुकुम

आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।

कोभिड–१९ र मानव स्वतन्त्रता

अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्।

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्