८ वैशाख २०८१ शनिबार
राजनीति

जितिया पर्वले अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्ने छ: राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन्। उनले सो पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताएकी छिन्। 

साथै यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन्।

प्रकाशित: १३ आश्विन २०७८ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App