४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जंगली च्याउ खाँदा चारजनाको मृत्यु

विषादी जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीनजनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।

जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी

जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु भएको हो ।

च्याउ खेतिमा वडाध्यक्ष

जुम्ला तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत एकाविहानै बाल्टीनमा च्याउ बोकेको अवस्थामा नजिकैको डुंडेली बजारमा भेटिन्छन् ।

जङ्गली च्याउँ खाँदा १४ बिरामी

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन्। प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन्।

जंगली च्याउ खाँदा पाल्पामा एकैघरका ७ जना बिरामी

जंगली च्याउ खादा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका लोक गायक वर्ष ३२ का अमरदीप विसिसहित ७ जना बिरामी भएका हुन ।

आमासँगै जंगली च्याउ खाएकी छोरीकी पनि मृत्यु

भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ। आईतवार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती मृत्यु भएको हो।

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी परेका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ भुजेलटारका एकै परिवारका ५ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकको मृत्यु, तीन बिरामी

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।

च्याउखेती गदै विद्यार्थी

सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत महादेव जनता नमूना माविमा कक्षा ९ मा अध्ययनरत छात्रा रिसिका कार्की केही दिनअघि च्याउ टिपिरहेकी थिइन्।

च्याउखेतीमा व्यस्त लोखिम वडा

ग्रामीण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती सुरु गरेको छ।

च्याउ खेतीमा व्यस्त वडा कार्यालय

ग्रामिण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती गरेपछि पुनःचर्चा शुरु भएको छ। स्थानीय सम्भावनालाई दर्शाएर यूवाहरुलाई गोलबन्दगर्ने र वडा कार्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले च्याउ खेतिको शुरुवात गरेको वडाअध्यक्ष भुपालसिं राईले बताए।

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन्। जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्