१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकको मृत्यु

अर्घाखाँची, – भूमिकास्थान नगरपालिका–६ खिल्जीमा जंगली च्याउ खाँदा एकजनाको ज्यान गएको छ भने तीनजना बिरामी परेका छन् । जंगली च्याउको पहिचानै नगरी पकाएर खाएका चारजनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको हो ।

बिरामी हुनेमा रामकलाकै छोरी बिपा महत्रा, सासू लालसरी महत्रा र देवरानी लक्ष्मी महत्रा छन् । तिनैजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए । उनका अनुसार च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछि मात्र उनीहरू शनिबार अस्पताल आएका थिए । रामकलाका ससुरा डोमबहादुरले भने च्याउ खाएका थिएनन् ।

प्रकाशित: २२ वैशाख २०७७ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App