९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति भण्डारी ढाकामा

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका सिलसिलामा सोमबार बंगलादेशको राजधानी ढाका पुगेकी छन्। बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती तथा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानको जन्म शताब्दीका अवसरमा सहभागी हुन उनी सोमबार बिहान ढाका पुगेकी हुन्।

राष्ट्रपति भण्डारी ढाकामाः समकक्षी हमिदले विमानस्थलमा गरे स्वागत, आजै महत्वपूर्ण भेटवार्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका बंगलादेश प्रस्थान गरेकी छन्। उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन्। उनी यही चैत ९ र १० (भोलि र पर्सी) गते त्यहाँको राजकीय भ्रमणका लागि जाँदै छिन्।

राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्।

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन्।

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन्।

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्।

राष्ट्रपति भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त छ : रामकुरमारी झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूही नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त रहेको दोहोर्‍याएकी छन्।

दोषी ठहरिए रामकुमारी झाँक्रीलाई ७ वर्षसम्म कैद हुनसक्ने

अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।

विगतमा सुनुवाइ नहुँदा फिर्ता भएका थिए सिफारिस

चौतर्फी विरोध हुँदाहुँदै पनि यसपटक संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरिएको छ । विगतमा भने संसदीय सुनुवाइ हुन नसकेका कारण सिफारिस नै फिर्ता गरिएका थिए ।

‘राष्ट्रपतिले भूल गर्नुभयो’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्।

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्