६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

तस्बिर: रासस

 राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका बंगलादेश प्रस्थान गरेकी छन्। उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश त्यसतर्फ प्रस्थान गरेकी हुन्।  राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्। 

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत उच्च पदस्थ अधिकारी पुगेका थिए ।

उनको भ्रमणका बेला सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुन्छीमा प्रयोग हुने विषादीलगायतका विषयमा छलफल हुनेछ ।त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुने जनाइएको छ।  

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता बंगाबन्धु शेख मुजिब रहमानको सतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। त्यस क्रममा उनले नेपाल–बंगलादेश सम्बन्ध र बंगाबन्धु जन्म शताब्दी शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले बंगाभवनमा बंगलादेशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने र राष्ट्रपतिले उनको सम्मानमा दिने भोजमा पनि सहभागिता जनाउने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले बंगलादेशस्थित नेपाली दूतावासको भ्रमण गर्ने र त्यहाँ रहेका नेपाली नागरिकसँग भेट्ने कार्यक्रमसमेत तय भएको छ।   राष्ट्रपति भण्डारी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: ९ चैत्र २०७७ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App