३ मंसिर २०८१ सोमबार
image/svg+xml

जग्गा नभई घर कहाँ बनाउने ?

भूकम्प प्रभावित परिवारले ट्याक्सी मागेका थिएनन् । कुनै विद्वान्लाई ठगीको उपाय फु¥यो । सरकारले एकाएक भूकम्प प्रभावित कार्ड पाएकालाई ट्याक्सी खरिदका लागि निवेदन माग ग¥यो । डेढ लाख निवेदन प¥यो । चिठ्ठा प्रक्रियाबाट ट्याक्सी पाउने छनौट भए । अहिले ट्याक्सी पाउने लगभग सबैले बेचेको खबर छ । कसैले माग नगरेको यो योजना किन ल्याइयो ?

एमाले नेताले १२ सुकुम्बासीलाई जग्गा उपलब्ध गराए

निर्वाचन आउन ३ दिन बाँकी रहँदा वाम गठबन्धनतर्फका नेकपा एमाले रसुवाका नेताले सुकुम्बासीलाई जग्गा उपलब्ध गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका १२ परिवार सुकुम्बासीलाई बुधबार चार रोपनी ६ आना जग्गा लालपूर्जासहित हस्तान्तरण गरिएको हो ।

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन्।  गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन्।

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ।  भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

जग्गा व्यवसायीको गाडी आगजानी

यहाँका एक व्यवसायीको गाडीमा आगजनी भएको छ। गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

जग्गा बाँडफाँटको विषयलाई लिएर दुई दाजुभाइको हत्या भएको छ भने एक जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गा विवादले उग्ररुप लिँदा दुई जनाको हत्या भएको हो।

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ।

निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिदमा चरम भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारमा संलग्न भएकै आरोपमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का हटेपछि पनि जग्गा खरिद प्रकरणमा थप अनुसन्धान भइरहेको मण्डलले बताए । ‘जग्गा खरिद प्रक्रियामा खड्कालगायत अन्यको पनि संलग्नता छ,’ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सबैमाथि छानबिन गरेर कारबाही हुन्छ ।’

खड्का बर्खास्त

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेपछि सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो।

अन्ततः गोपाल खड्का बर्खास्त

नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

अायल निगम प्रमुख खड्काको अर्को झुट

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ। व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन्।

आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पाेरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।

सेटिङमा जग्गा खरिद

नेपाल आयल निगमका उच्चअधिकारीले इन्धन भण्डारणका लागि जग्गा खरिद बोलपत्र आह्वान गर्नुपूर्व ‘बिचौलिया’ सँग ‘सेटिङ’ मिलाएर सूचना सार्वजनिक गरेको पाइएको छ । निगमका अधिकारीसँगको मिलेमतोमा पहिल्यै जग्गा खोजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ ।

खड्का र शर्मालाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

सरकारका बरिष्ठ मन्त्रीहरुले भ्रष्टाचारमा मुछिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का तथा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि कारवाही हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्