३ मंसिर २०८१ सोमबार
image/svg+xml

किर्ते गरी जग्गा नामसारी गर्ने गिरोहको पर्दाफास

अरूको नाममा रहेको जग्गा किर्ते गरी नामसारी गर्ने गिरोहको पर्दाफास भएको छ । सो गिरोहका एकजना जिल्ला मालपोत कार्यालयमा पक्राउ परेपछि त्यसको खुलासा भएको हो।वाणगंंगा नगरपालिकाको पटनाका उबेदुर रहमानको जग्गा किर्ते गरी नामसारी प्रक्रिया अघि बढाइरहँदा कपिलवस्तु नगरपलिका १ आनन्दबागका विकास चौधरी पक्राउ परेका हुन्।

विस्थापित परिवारलाई जग्गा र लालपुर्जा

विनाशकारी भूकम्पका कारण थातथलो छाडेर विस्थापित भएका परिवारलाई जग्गा र लालपुर्जा वितरण गरिएको छ । उत्तरी धादिङको खनियाबास, रुबिभ्याली गाउँपालिकाका भूकम्प प्रभावित २४ घर परिवारलाई जग्गा वितरण गरिएको हो।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

‘वडाको करिब सय रोपनी जग्गा मिचिएको छ’

हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको आठ महिना भइसक्यो । जनताले सोचेजस्तो काम अझै गर्न सकिरहेका छैनौँ । यद्यपि आफ्नो तर्फबाट कोसिस गरिरहेका छौँ । हामीले जिम्मेवारी सम्हालेसँगै वडावासीको घर–घरमा शौचालय निर्माण गरेर वडा कार्यालयलाई खुलादिशामुक्त क्षेत्र घोषणा गरेका छौँ । फुयाँल गाउँदेखि बस्नेत गाउँसम्म चार मिटर चौडा भएको १५ सय मिटर सडक ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ । नगरपरिषद्ले अघि सारेको ‘एक घर एक धारा’ अभियानअन्तर्गत अहिले दुईवटा ड्रिप बोरिङ खनेर खानेपानी वितरण प्रणाली विस्तार गरिरहेका छौँ । सम्भवतः चार महिनाभित्रै खानेपानी वितरण गर्नेछौँ ।

६ महिनामै घर–जग्गामा ६० अर्ब बढाए बैंक–वित्तले

बैंक तथा वित्तीय संस्थाले घर–जग्गामा ६ महिनामै २७ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।बैंकहरुले गत असारसम्ममा घर–जग्गा (व्यक्तिगत आवासीय कर्जा समेत) मा दुई खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्ष २०७४÷०७५ को पुससम्ममा बैंकले तीन खर्ब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् ।

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ ।

दियालो बंगला क्षेत्रको जग्गा भाडामा

नेपाल ट्रस्टले व्यापारिक प्रयोजनका लागि भरतपुरको दियालो बंगला क्षेत्रको जग्गा भाडामा लगाएको लामो समय भएपनि विवादका कारण कुनै संरचना बन्न सकेको छैन । ट्रस्टले दरबार क्षेत्रभन्दा अलग रहेको ६ बिघा जग्गा लिजमा दिन टेन्डर आह्वान गरेको थियो । ०७३ को वैशाखमा टेन्डर सूचना निस्केपछि बढी रकम कबोल गर्ने जंगल रिसोर्ट प्रालिले जग्गा पाएको थियो ।

माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएन

तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिएपनि यहाँ अझै फिर्ता हुन सकेको छैन्। साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको जग्गा फिर्ता हुन नसकेको हो।

अनुदानले जग्गा किन्दै भूकम्प पीडित

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले बाह्रबिसे नगरपालिका–५, गातीका चन्द्रबहादुर सुनारको घर मात्र भत्काएन, सँगै निम्तिएको पहिरोले गावै पुरेर थातथलो नै मेटाइ दियो । घरसहित सम्पत्तिको नाममा रहेको थोरै जमिनमा पहिरोमा परेपछि पाँच सदस्यीय सुनार परिवार गाउँबाट विस्थापित भयो । उनको परिवार ३२ महिनादेखि अरुको जमिनमा जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ।

घरमूलीको मृत्युमा छाडिन्छ जग्गामा ढिस्को

उपत्यकाका केही नेवार समुदायले भोगचलन गर्ने जग्गाको बीच भागमा माटोका अग्गा चुचुरा राखिएका हुन्छन् । खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जाँदा पनि धेरै ठाउँमा यस्ता माटोका ढिस्का त्यत्तिकै राखिएका हुन्छन् ।

जग्गाको मुआब्जा समयसापेक्ष गर्न माग

हुलाकी राजमार्ग निर्माण फेरि सुरु भएपछि बहुअर्वा भाठाका स्थानीयले ६ वर्षदेखि अड्किएको मुआब्जा समस्या सामाधान गर्न माग गरेका छन् । हुलाकी राजमार्ग, वीरगन्ज–ठोरी खण्डमा कालोपत्रे गर्न गत पुस ३ गते शिलान्यास भएपछि साबिकको बहुअर्वा भाठा गाविस, हालको बिन्दवासनी गाउँपालिकाका ४० बढी जग्गाधनीले उक्त सडकमा परेको जग्गाको मुआब्जा समय सापेक्ष गर्न माग उठाएका हुन् ।

जग्गा विवादमा प्रहरीद्वारा हवाई फायर

रौतहटको गरुडा नगरपालिकामा जमिन सम्बन्धी विवादमा सोमवार गोली चलेको छ। गरुडा नगरपालिका ८ जिंगडियाका हरिकिशोर ठाकुरले आफ्नो जमिन मिचिएको भन्दै अमिन ल्याएर नापी गर्दा छिमेकी अतिउल्लाहको खेतमा करिब पाँच फिटसम्म पुगेपछि विवाद उत्पन्न भएको थियो।

‘कानुन बनाएरै जग्गाको लिखतलाई मान्यता दिलाइने’

स्थानीय तहबाट सरकारी सेवा र सुविधाबाटै वञ्चित गर्ने त्रास देखाएको माओवादीले अब प्रदेशसभा तथा प्रतिनिधिसभाबाट कानुनी रूपमै यो मुद्दालाई आधिकारिकता दिलाउने जनाएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूले जनसत्ताको जग्गा पासलाई जसरी पनि आधिकारिकता दिलाउने दाबी गरेका छन् ।

पत्रकार महासंघ बैतडीलाई जग्गादान

नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई एक स्थानीय बासिन्दाले रु तीन लाख बराबरको जग्गादान गरेका छन्।  जग्गादान गर्नेमा दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्ट छन्। पत्रकार महासंघ शाखा बैतडीको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीयवासी रामदत्त भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले जानकारी दिए।

जग्गा पशुपतिको, रजाइँ ‘टिआइए’को

पशुपतिनाथ मन्दिर गुठीको जग्गा चलनचल्तीभन्दा एकदमै कम मूल्यमा भाडामा लगाएको पाइएको छ । गुठीको स्वामित्वमा रहेको करिब एक हजार एक सय ६७ रोपनी जग्गा एकदमै कम भाडा लिने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)लाई दिइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्