किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ।
कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अफुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्।
चालु आर्थिक वर्षमा घरजग्गा कारोबार घटे पनि पुँजीगत लाभकर ३६ प्रतिशतले बढेको छ ।
रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको वर्गिकरण अवैज्ञानिक भएको बताएका छन् ।राजधानीमा बुधबार आयोजना गरेको नेपालमा अचल सम्पत्तिको मूल्यांकन विषयक कार्यशालामा मन्त्री खनालले यस्तो धारणा राखेका हुन् ।
सम्पत्ति शुद्धीकरणमा तानिने डरले घरजग्गा कारोबार गर्दा किनबेचको यथार्थ रकमनै देखाउने क्रम बढेको छ ।
संघीयतामा प्रवेश गरेपछिको बलियो स्थानीय सरकारले जथाभावी सडक विस्तारका नाममा घरहरु भत्काउन थालेको आरोप लागिरहेको बेला सर्वाेच्च अदालतबाट स्पष्ट दिशानिर्देशसहितको नजिर जारी भएको छ।
सार्वजनिक घर, जग्गा व्यक्तिले हड्पेर नछाडेको भन्दै नेपाल ट्रस्टको कार्यालयले एक घरमा ताला लगाएको छ । काठमाडौंको छाउनीमा रहेको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेको घर खाली गर्न नमानेपछि ट्रस्टले ताला लगाएको हो।
रौतहट सदरमुकाम गौरमा रहेको राइस मिल फिल्डको जग्गा बचाउन स्थानीय युवाले खबरदारीसहित निरन्तर धर्ना दिइरहेका छन् । जिल्लाको धरोहरको रुपमा रहेको ऐतिहासिक पृष्ठभूमिको राइस मिलको फिल्डलाई केही भूमाफियाहरुले बेच्न लागेको भन्दै स्थानीय युवाहरुले जग्गा बचाउन धर्ना दिन थालेका हुन् ।
भक्तपुरमा नेपालकै झल्को दिने गरी जग्गा एकीकरण आयोजना सञ्चालन हुने भएको छ।
लामो समय स्थानीय तह जनप्रतिनिधी विहीन रह्यो । जनप्रतिनिधी नहुँदा स्थानीय तह राजनीतिक सयन्त्र र कर्मचारीतन्त्रकै कारणले चल्थ्यो ।जनप्रतिनिधि नहुँदा सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपथ्र्याे।
सदरमुकाम त्रियुगा नगरपालिका ३ स्थित मोतिगडाको ७ कठ्ठा १९ धुर लोकमार्गको जग्गा व्यक्तिलाई बिक्री गरेको काण्ड मच्चिरहेका बेला उदयपुरकै पश्चिमी बजार कटारीस्थित मातपोत कार्यालयले एउटाको जग्गा अर्कैको नाममा रजिस्ट्रेशन पास गरिदिएको रहस्य खुलेको छ।
राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।
घरजगा मेला (प्रोपर्टी एक्स्पो २०१८) मा अपार्टमेन्ट तथा घर बुक गर्नेको चाप बढेको छ । नेपाल जग्गा तथा आवास विकास संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना गरेको मेलामा अपार्टमेन्ट बुक गर्नेको संख्यामा बढेको हो।
सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ।