३ मंसिर २०८१ सोमबार
image/svg+xml

काठमाडौंमा घरजग्गा मेला सुरु

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गा मिचिएको छैन

जनप्रतिनिधि भएको एक वर्ष बितिसक्यो । स्थानीय तह सम्बन्धि पर्याप्त कानुन नहुँदा हामीले जनताले अनूभूति गर्ने खालको काम गर्न सकिरहेका छैनौं । नगरपरिषद्बाट पारित भएका योजना धमाधम निर्माण भइरहेका छन् । अबको केही महिनाभित्रै जनताले अनूभूति गर्ने काम देखिनेछ । वडाका चार सडक धमाधम ग्राभेलिङ तथा स्तारोन्नति गरिराखेका छौं । तिमिल्सिना बस्ती नजिकै पहिरोले सडक बिगारेको थियो । अहिले २० लाखको लागतमा सो ठाउँमा पहिरो नियन्त्रण गरिँदैछ ।

बैंकको घर–जग्गामा दुई खर्ब ६९ अर्ब

२०६६ पुसमा तत्कालीन गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले घरजग्गामा अन्धाधुन्ध लगानी गरेको र यसले वित्तीय समस्या निम्तन सक्ने भन्दै थप लगानी रोक्ने आदेश दिए ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीको माग

घरजग्गा व्यवसायीले रोकिएको कित्ताकाट खुलाउन माग गरेका छन् । कित्ताकाटमा प्रतिबन्धले गर्दा सरकारी नियम, कानुनको परिधिमा रहेर व्यवस्थित जग्गा प्लानिङमा अर्बौं लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ

उदयपुर स्थित सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।

‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको रहेछ । हामी आएसँगै स्थानीय तहका सेवालाई सुधार्ने प्रयास गरिरहेका छौँ । महादेव खोलाको किनारामा १५–२० वटा बंगुर फार्म सञ्चालन हुँदै आएको थियो । त्यसले खोला वरिपरिको बस्तीमा धेरै समस्या पारेको थियो

गाउँपालिका र प्रहरीका लागि ८ रोपनी जग्गा दान

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। पारच्याङका स्थानीयले गाउँपालिकालाई ५ रोपनी र प्रहरीलाई ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । कालु घले, दमै सार्की, कामी घले, हर्क घले, मेन्दो घले, मेम्बा घले, ल्हाचुन घले र काजी घलेले निशुल्क जग्गा उपलब्ध गराएका गाउँपालिकाले जनाएको छ।

गाउँपालिका र प्रहरी चौकीका लागि ८ रोपनी जग्गा दान

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्।

घरजग्गा मेलामा सरप्राइज मूल्य

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्न लागेको घरजगा मेलामा सरप्राइज मूल्य राखिएको संघले जनाएको छ । मेलामा उपभोक्ताले कति मूल्यमा अपार्टमेन्ट तथा घर खरिद गर्न सक्छन् भन्ने प्रश्नमा संघका अध्यक्ष इच्छाराज तामाङले सरप्राइज मूल्य रहेको बताए।

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमा

ललितपुर पुल्चोकस्थित मदन स्मारक स्कुलको जग्गा ठेकेदार कम्पनीलाई निकै सस्तो दरमा भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीका अनुसार पुल्चोकको उक्त जग्गाको चलनचल्तीको वार्षिक भाडा मूल्य प्रतिरोपनी तीन करोड रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७३÷७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ।

असारमा घरजग्गा मेला

नेपाल जग्गा तथा आवास विकास संघले सातौं घरजगा मेला गर्ने भएको छ । संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको जनाएको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं घरजग्गा मेलाको विषयमा जानकारी गराएको हो।

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह अस्तव्यस्त बनेको थियो । जनप्रतिनिधि आएसँगै स्थानीय तहको सेवा प्रवाहलाई सहज र व्यवस्थित गराउँदै आइरहेका छौँ । समता टोलमा खानेपानीको समस्या थियो ।

जग्गा प्लटिङमा रोक

सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर प्लटिङ नगर्न आदेश दिएको हो।

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनिया पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो।

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर–६ का सीताराम तामाङको परिवार अबचाहिँ घर बनाउन पाइयो भनेर मख्ख परेको छ। २०७२ वैशाखको विनासकारी भूकम्पबाट विस्थापित तामाङ परिवारले यसअघि नै घर बनाउने योजना नबनाएका होइनन् तर भूगर्भविद्को अनुगमनले स्थानान्तरण गर्नुपर्ने परिवारको सूचीमा राखेपछि घर बनाएर ओत लाग्ने सपना अधुरै रह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्