काठमाडौंमा घरजग्गा मेला सुरु
काठमाडौं- नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।
मेलाले वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा योगदान गरिरहेका व्यवसायीका उत्पादनलाई उपभोक्तामाझ पुर्याउने र उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारे जानकारी पाउने संघको भनाइ छ।
मेलामा स्वदेशी, विदेशी दुवैथरी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गरेका छन्। मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक र बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी छन्। मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरिवेयर फिटिङ, पेन्टस, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ र वास्तुकलाका पनि स्टल रहेका छन्।
तस्बिरहरु : सुजन श्रेष्ठ