२ मंसिर २०८१ आइतबार
image/svg+xml

ललितानिवास प्रकरणका आरोपितको शंकास्पद मृत्यु

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिव १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणका आरोपितको काठमाडौंमा शंकास्पद मृत्यु भएको छ। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायव सुब्बा समेत रहेका पर्वतको फलेबास नगरपालिका–६ देविस्थानका युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौंको सामाखुसीस्थित सपिङसेन्टर हिमालय सिटीसेन्टरबाट खसेर मृत्यु भएको हो।

डा. भगवान कोइरालाको अस्पताललाई सरकारले दियो ४१ रोपनी जग्गा

सरकारले काठमाडौं चाइल्ड हेल्थ हस्पिटललाई सरकारी स्वामित्वमा रहेको बुढानिलकण्ठको ४१ रोपनी जग्गा दिने गर्ने निर्णय गरेको छ।

जग्गा हडप्न कर्मचारी, व्यापारी र जनप्रतिनिधिकै सेटिङ

सुनसरीमा शृंखलाबद्ध रूपमा सरकारी गुठीसँगै एक स्थानमा देखाएर अर्को स्थानको जग्गा भूमाफियाले बिक्री गरेको भन्ने उजुरी बढ्दो छ।

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

संसदीय समिति अन्तर्गतको उपसमितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ।

‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिन्नौं’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्।

जग्गा हडपे, कसुर अस्वीकार

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।

जग्गामा जथाभावी

एउटा लोकप्रिय नेपाली उखानले भन्छ– काँक्रोलाई थाँक्रो लगायो थाँक्रै धनी। कुनै सम्पत्तिको रेखदेख गर्न जिम्मा लगाएको व्यक्ति आफैँले त्यसको दुरुपयोग गर्न थाल्यो भने यो उखान चरितार्थ हुन्छ। अहिलेको नयाँ नेपालमा जताततै यही स्थिति उजागर भइरहेको छ। नागरिकको समाचार शीर्षक भन्छ– ‘महन्तले बेचे मठमन्दिरको जग्गा। महन्तको काम मन्दिरको सम्पत्ति संरक्षण गर्नु र नित्य पूजा सुनिश्चित गर्नु हो। पुर्खाले मठमन्दिरका लागि सम्पत्ति छाडेर गएका ती सनातन परम्परा अनन्तकालसम्म चलिरहून् भनेर हो।

'मेराे निर्णयले नक्कली माेही खडा भएकाे हाेइन'

नेता नेपालले आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयसहित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालादेखि पछिल्लो समयसम्मका निर्णयमा छानबिन गर्न माग गरेका छन्।

‘बुढानिलकण्ठ स्कूलको जग्गामा कुनै हालतमा बसपार्क बन्दैन्’ (भिडियाे)

बुढानिलकण्ठ स्कूलका प्रधानध्यापक होमनाथ आचार्यले विद्यालयको जग्गामा बसपार्क बनाउने बिषयमा कुनै हालतमा सम्झौता नगर्ने बताएका छन्। बुधबार नागरिक न्यूज अनलाइनको फ्रन्टपेज कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

थापाथली प्रसुति गृहलाई छुट्टै जग्गा दिने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

पक्की नाली मासेर व्यापारिक भवन

सडक छेउबाट हिँड्ने जो कोही पक्की नालीमाथि बनेको घरको फोटो खिचेर हिँड्छन्। तर नियमन गर्ने निकाय भने ती घर देखेको नदेखे झैं गर्छ।

जग्गा वर्गीकरण नक्सा स्थानीय तहमा

भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले २०५७ सालमा भूउपयोग नक्सा आयोजनाको स्थापना गरेको थियो।

उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो

अनुसन्धानकै क्रममा २०४९ र २०६२ सालमा डिल्लीबजार मालपोत कार्यालय प्रमुख रहेका क्रमशः कलाधर देउजा र टीकाराम घिमिरेले आयोगमै पुगेर बयान दिइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्