२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

थापाथली प्रसुति गृहलाई छुट्टै जग्गा दिने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने आश्वासन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने आश्वासन दिएका हुन्।

शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रम उद्घाटन गर्दै उनले पार्किङलगायतका अस्पतालका अन्य समस्या पनि सरकारले छिट्टै समाधान गरिदिने आश्वासन व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पु¥याएको जापान सरकारप्रति पनि आभार व्यक्त गरे। प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा सो अस्पतालले पु¥याएको सेवाको पनि खुलेर प्रसंशा गरे।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिए।

उनले देशका विभिन्न भागमा रहेका ५ वटा उपक्षेत्रीय अस्पतालहरुलाई विशिष्ट सेवासहितको अस्पतालको रुपमा विकास गर्ने सरकारले नीति रहेको पनि स्मरण गराए। प्रदेश मातहत रहने ती अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उनको भनाई छ।

२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो अस्पतालको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ।

प्रकाशित: २७ असार २०७६ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App