१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

तिलकोत्सव सहभागी हुन मधेसका मुख्यमन्त्री अयोध्या जाँदै

.

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह भोलि (आइतबार) भारतको उत्तरप्रदेशस्थित अयोध्या जाने भएका छन्।

विवाह पञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दुपरिषदका पदाधिकारीहरू ५०१ भार (कोसेली) सहितको तिलक र जानकी मन्दिरका महन्त राम तपेश्वर दासले दिएको आमन्त्रण पत्रसहित आजै बिहान जनकपुरबाट अयोध्या प्रस्थान गरिसकेका छन्।

जनकपुरबाट अयोध्याका लागि प्रस्थान गरेका विश्व हिन्दु परिषद्को टोलीमा भोलि सहभागी भई मुख्यमन्त्री सिंह वीरगन्जबाट अयोध्या जाने कार्यक्रम तय गरेका छन्।

जनकपुरबाट भोलि बिहान वीरगन्ज पुग्ने र त्यहीँबाट ती टोलीमा सहभागी भई अयोध्या जाने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिए।

उनले भने "आज हामीले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरिसकेका छौं, ती टोली पनि भोलि वीरगन्ज पुग्छ, त्यहाँबाट सबैजनासंगै अयोध्या प्रस्थान गर्छौँ।"

तिलक लिएर जाने समूह मंसिर २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १ मंसिर २०८१ २०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App