८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

‘बुढानिलकण्ठ स्कूलको जग्गामा कुनै हालतमा बसपार्क बन्दैन्’ (भिडियाे)

काठमाडौं– बुढानिलकण्ठ स्कूलका प्रधानध्यापक होमनाथ आचार्यले विद्यालयको जग्गामा बसपार्क बनाउने बिषयमा कुनै हालतमा सम्झौता नगर्ने बताएका छन्। बुधबार नागरिक न्यूज अनलाइनको फ्रन्टपेज कार्यक्रम रिपब्लिकाका सम्पादक सुवास घिमिरेसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

विद्यालयको जग्गामा बसपार्क बनाउने बिषयमा आफुहरुलाई आधिकारिक रुपमा कुनै जानकारी नआएको बताए। उनका अनुसार केहि समयअघि प्रधानमन्त्री केपी शर्माले संसद् जग्गाको विषय उठाएको मिडियामा आएको बताए। ‘प्रधानमन्त्रीले संसदमा जग्गाको विषयमा बोल्नु भएको हो’ आचार्यले भने ‘विद्यालयलाई कुनै जानकारी आएको छैन्। बसपार्क बनाउने कुरा आधिकारिक रुपमा आएको छैन्। विव्यस, गुठी सञ्चालन र प्रअमा केहि जानकारी छैन्। कतिपयले एमओयु भएको हल्ला पनि गरे त्यो विलकुल होईन्। स्थानीय तह पनि विद्यालयको जग्गामा बसपार्क बनाउने कुरामा सहमत छैन्, स्थानीय जनता पनि छैनन्।

‘हाम्रो विद्यालयको कम्पाउण्डभित्र ५ सय ७२ रोपनी जग्गा रहेको छ। बाहिर मिडियामा आए जस्तो जग्गा खाली छ भन्ने कुरामा म सहमति छैन्। विद्यालयको गार्डेन छ, पार्क छ, मैदान छ। स्पेस धेरै छ तर खाली छैन्। ढुक्क हुनुस् यो जग्गा स्कूलले नै प्रयोग गर्छ।’

उनले स्कुलको जग्गा स्कुलले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने बताएका छन्। उनले नागरिक फ्रन्टलाइनमा भने ‘हामीले गुरुयोजना तयार गरेका छौं। कसरी विश्वमा प्रतिस्पर्धी बनाउने भनेर तयारी थालेका छौं।’ 

अब विद्यालयाई मोडल स्कूल बनाउने सोच रहेको आचार्यले बताए। उनले भने ‘पहिलो प्राथमिकता सार्कलगायत मोडल स्कूल बनाउने भन्ने सोचेको छु। युनिभर्सिटीको कुरा पनि जोडिएको छ। 

अब विद्यालयबाट क्वालिटी अनुसारको राम्रा विद्यार्थी उत्पादन उनको भनाई छ। उनका अनुसार उक्त विद्यालयमा अध्ययन गर्नेले देश विकासमा राम्रो भूमिका निर्वाह गर्नेछन्। अबको ५ वर्ष स्कूल नेतृत्वदायी भूमिकामा रहनेमा आफु ढुक्क रहेको उनले बताए। उनले भने ‘एजुकेशन हब बन्छ। तर विव्यस, गुठी सञ्चालक सबैले साथ दिनुपर्छ, म विद्यालय परिवर्तन गर्न सक्छु।’ 

उनका अनुसार विद्यालय सञ्चालनका लागि सरकारले वार्षिक ५ करोड रुपैयाँ दिने गरेको छ। जसबाट विद्यालयमा छात्रवृतिको व्यवस्था गरिएको छ। सरकारले लगानी गरेअनुसार प्रतिफल दिएको आचार्यको दाबी छ। 

प्रकाशित: १ श्रावण २०७६ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App