६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेताले किसानका समस्या बुझेनन्

निर्वाचनका बेला विभिन्न ठाउँमा किसानका खेतमा नेताहरुले धान काटेका, गोरु जोतेका लगायत काम गरेका तस्बिर समाजिक सञ्जालमा भाइरल बने।

बिचौलियाको मारमा कुखुरापालक किसान

भरतपुर महानगरपालिका–२० का मदन बरालको खोरमा अहिले ५२ दिन पुगेका कुखुरा छन्। ब्रोइलर पाल्दै आएका उनले ८० रुपैयाँ गोटामा दुई हजार चल्ला राखेका थिए।

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो।

सुन फलाउँदै ‘ट्रफल च्याउ’

थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने।

ऋण तिर्न नसकेपछि भारतमा किसानले गरे आत्महत्या

भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।

पाक्नेबेलाको धानबालीमा किराको प्रकोप

धादिङको थाक्रे गाउँपालिका ११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानबालीमा किराको प्रकोप फैलिएपछि चिन्तित छन्। धान पाक्नेबेला किराको प्रकोप देखिएपछि दुःख गरेर लगाएको खेती माटोमा मिसिएको छ।

वैदेशिक रोजगारीको कहर र कृषि क्षेत्रको रहर

आम सर्वसाधारणको बानी–व्यवहार पर्गेल्दा पछिल्लो समय देश छाडेर बाहिरिने दुईथरी श्रमिक देखिन थालेका छन् । पहिलो कोटिमा रहनेहरू खाडी मुलुकको उम्लँदो तापक्रमका बाबजुद गाउँको खेती–किसानी छाडी उज्यालो भविष्य बनाउन हिँडेका नौजवान युवक–युवती र दोस्रो कोटिमा रहनेमा हुँदाखाँदाको सरकारी (सचिवको ओहोदामा रहेकासमेत) वा गैररकारी क्षेत्रका जागिरे वा व्यापार–व्यवसाय अँगाली आ–आफ्नो क्षेत्रमा स्थापित एवं राम्रै हैसियत बनाएकाहरू पनि डिभी र पिआर वा अनेक जोडबल गरी अमेरिका, अस्ट्रेलिया वा अन्य विकसित मुलुकमा गुणस्तरीय (?) जीवनशैली बिताउने हुटहुटीले अधिकांश सहरी क्षेत्रका बासिन्दाले श्रमिककै रूपमा काम गर्न राजीखुसीसाथ देश छाड्नेहरू छन् र क्रमशः यो झाङ्गिदै गएको छ।

प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ। “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भने। आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेको थियो। मकै र गहुँको पनि समर्थन मूल्य निर्धारण हुने क्रममा रहेको बताइएको छ।

स्याउले मुल्य नपाउँदा किसान मर्कामा

जुम्लाको पातारासी गाउँपालिका ६ का चन्द्रलाल बोहोराको बगैंचामा २ सय स्याउका बिरुवा छन्। तिमध्ये ६० वटा स्याउको बोटले यो वर्ष फल दिए। ६० स्याउको बोटबाट झण्डै २० क्वीन्टल स्याउ उत्पादन भएको थियो। तर मुल्य नपाउदा खासै यो वर्ष स्याउबाट आम्दानी हुन नसकेको उनी बताउँछन।

दसैँमा धान भित्र्याउने चटारो

सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला जुम्ला चन्दन्नाथ नगरपालिकाका स्थानीयलाई भने धान भित्र्याउने चटारोले छोडेको छैन। उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन्, धान काट्छन, दिउँसो धान चुटेर भित्र्याउँछन। राति अबेर पछि मात्रै घर फर्कन्छन्।

५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्दै किसान

धनुषाधाम नगरपालिका–८, मुलाबारीका किसानले ५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्न थालेका छन्।

मुख्यमन्त्री गुहार्दै केरा किसान

भारतीय केरा रोक्न माग गर्दै किसानहरुले तीनवटा प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भेटेर यस्तो माग गरेका हुन्।

केरा बजारमा बिचौलिया हावी

काठमाडौंका व्यापारी डम्बर बस्नेत लगायत तीनजनाले साताअघि टीकापुरबाट केरा किनेर लगेका थिए। उनीहरुले तीनजना किसानको बारीबाट तीन ट्रक केरा किने।

किसान पेन्सन कार्यक्रमको कार्यविधि तयार

राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ। कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्