६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘दशैँमा भोकभोकै मर्नुभन्दा, गोली खाएर मर्छौं’

नेपालीहरुको महान चाड विजया दशमी, दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा उखुको पैसा नपाउँदा किसानलाई निकै समस्या भएको उखु किसान नेताहरुले बताएका छन्।

किसानको बारीमा सड्दै केरा

बजार नपाएपछि पश्चिम तराईका किसानको केरा बारीमै सड्न थालेको छ । कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेका किसान यतिबेला केरा बिक्री नभएपछि निकै समस्यामा परेका छन्।

किसानलाई कृषि उपकरण

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। सदियौंदेखि हलो जोतेर खेतीपातीका काम गर्दै आएका किसानलाई गाउँपालिकाले जमिन जोत्ने हाते ट्याक्टर निशुल्क वितरण गरेको हो।

उपत्यकाका किसानलाई धान काट्ने चटारो

काठमाडौंका किसानलाई धान भित्र्याउने चटारो छ। बस्ती बस्न बाँकी रहेको उपत्यकाको काँठ क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो लागेको हो।

उखुले चुर्लुम्म ऋणमा डुबायो

जिल्लाको दक्षिणी भारतीय सीमावर्ती बारा उद्योरण गाउँका अजित सिंह उखु बेचेबापतको पैसा चिनी उद्योगबाट नपाउँदा केही दिनयता निकै छटपटिएका छन्।

प्रदेश नम्बर पाँचले किसानसँग माग्यो योजना

किसानको रुची र आवश्यकता अनुसारको सिप सिकाउने गरि प्रदेश सरकारले योजना अघि सारेको छ। प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले इच्छुक किसानको मागका आधारमा व्यवसायिक कृषि तालिम सञ्चालन तथा अनुदान गर्ने नीति लिएको हो।

किसानलाई अलैंची भित्र्याउने चटारो

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका किसान ज्ञानबहादुर शाही हिजोआज अलैंची टिप्न र सुकाउन व्यस्त छन् ।

बन्दले तरकारी नबिक्दा किसान मर्कामा

कुनैपनि सवारी साधन नचलेपछि मंगलबार किसानको लाखौं रुपैयाँ बराबरको तरकारी बिक्री भएन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीस्थित तरकारी संकलन केन्द्र, हरिवनस्थित परबल संकलन केन्द्र लगायतबाट मंगलबार जिल्लाबाहिर तरकारी निकासी हुन सकेन।

किसान आयोगमा ८ करोडको उपलब्धि : एक, दुर्इ कार्यविधि र गाडी

गरिब किसानको पक्षमा काम गर्ने उद्देश्यले सरकारले गठन गरेको राष्ट्रिय किसान आयोगको एक वर्षको काम गाडी किन्ने र १–२ वटा कार्यविधि बनाउनेमा सीमित भएको छ। यसका लागि आयोगले त्यही गरिब किसान र जनताबाट उठाएको करको करिब सवा ८ करोड रुपैयाँ खर्च गरेको छ।

दूध चिस्याएरै वर्षको २० लाख

निकै मेहनत–परिश्रम खर्चेर पशुपालन गरी उत्पादन गरेको दूधले मूल्य नपाउँदा सूर्याेदय नगरपालिका–८, कन्यामका किसान निकै चिन्तित थिए। प्रत्येक घरमा उत्पादन भएकोे दूध सामूहिक रूपमा बेच्नेसम्मको व्यवस्था मिलाउन किसानले दुग्घ उत्पादक सहकारीहरू त स्थापना गरे तर त्यो उपायले पनि दूधको मूल्य बढेन।

‘रासायनिक मलको आपूर्ति व्यवस्था मिलाउ’

मुलुकभर देखिको रासायनिक मलको अभाब तत्काल हटाउनको लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई निर्देशन दिएको छ।

अनुदानको रासायनिक मलमा सिन्डिकेट

वसुदेवपुरका किसान बुद्धिलाल तेली सरकारी अनुदानको रासायनिक मल किन्न नजिकको सहकारी संस्थामा पटक–पटक धाईरहेका छन्। तर, सहकारी संस्थाले उनलाई रित्तो हात घर फर्काईरहेको छ। तेलीले करिव २५ कठ्ठा जमिनमा धान रोपेका छन्। दुई बोरा युरिया मल किन्न उनले दुई हप्तादेखी सहकारी संस्था र कृषि सामग्री संस्थान कार्यालयमा धाएका हुन्।

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्