२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

यु-१५ महिला टिमको मुख्य प्रशिक्षकमा भगवती रानामगर

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रानाले पहिलो पटक उमेर समूहको प्रशिक्षककाे जिम्मेवारी लिएकी हुन्।

लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाको जित

बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।

भुटानविरुद्ध फराकिलो अन्तरको जित लक्ष्य

दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ। चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो।

उपाधि हाम्राे हुन्छः एन्जिला तुम्बापो

मंगलबारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन्।

प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा

सेभेन ‘ए’ साइडको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनै पर्ने आयोजकले जानकारी दिए।

महिला साफ च्याम्पियनसिपकाे तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन्। बाँकी टिम आइतबारसम्म नेपाल आउने जानकारी दिइएको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

जहदा सेमिफाइनलमा

बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चा कमाएकाहरु थिए।

बेहुला बने फूटबलर किरण

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए। उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्