९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाको जित

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। गए राति बार्सिलोनाले क्याम्प नोउमा चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।  

बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।  

खेलको १३ औं मिनेटमा किसीको गोलमा  मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनाए। लेवान्डोस्कीले खेलको ३४ औं मिनेटमा पहिलो गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा दोस्रो र ६७ औं मिनेटमा तेस्रो गोल गरे।  खेलको ७१ औं मिनेटमा गोल गर्दै टोरेसले बार्सिलोनाको अग्रता फराकिलो बनाए।

प्रकाशित: २३ भाद्र २०७९ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App