७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बार्यनसँग इन्टर मिलान पराजित

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ।

गए राति सम्पन्न खेलमा बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो।

बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरे। बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको २५ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता बनाएका थिए।

त्यसपछि खेलको ६६ औं मिनेटमा इन्टरका डानिलो डी आम्ब्रोसियोले आत्मघाती गोल गरेपछि बायर्न २-० ले विजयी भएको हो।

यस जितसँगै बायर्नले पहिलो खेलमै ३ अंक जोडेको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App