२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

फाइल तस्बिर

भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ। चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ। त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए। उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। 

प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख  र उपविजेताले  तीन लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने  उनले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ।

चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ। प्रतियोगिता सम्पन्न गर्न  ७० लाख रूपैयाँ खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगिताको प्रवद्र्धकका रूपमा चितवन जिल्ला फुटबल संघ रहेको छ।

प्रकाशित: २१ भाद्र २०७९ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App