२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दोलन सातौं दिन पनि जारी

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आन्दोलन बिहीवार पनि जारी छ।

बिहीवार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका छन्।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि सङ्घमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए।

उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए।

उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए।

लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरूको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

उनले अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि बताए।

प्रकाशित: २० असार २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App