१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

उपाधि हाम्राे हुन्छः एन्जिला तुम्बापो

नेपालमा मंगलबारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छन्। काठमाडौँमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्नलाई प्रयास गर्ने बताइन्।

मंगलबारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन्।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमी कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए। सात साताको अभ्यास पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए। अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन।

भुटानकी प्रशिक्षक क्युब सुक होबले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको  बताइन्। टोलीकी कप्तान पेमा छोदेन छिरिबले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताएपनि प्रतिस्पर्धात्मक खेल हुने बताइन्। नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा कठिन हुने र अनुभव कम भएपनि राम्रो खेल्न प्रयास गर्ने बताइन्।

यस्तै अन्य टोलीले पनि साफल महिला च्याम्पियसिपका लागि तयारी राम्रो गरेको र प्रतिस्पर्धात्मक खेलका तयार रहेको प्रतिक्रिया दिए। मंगलबार हुन प्रतियोगितामा पाकिस्तान ८ वर्षपछि सहभागिता जनाउँदै छ। यो संस्करण साफका सबै देशले सहभागिता जनाउँदै छन्। उद्घाटन खेल खेल्न लागगेको नेपाल महिला साफको पाँच संस्करणमा उपविजेता बनेको हो।

नेपाल विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो। दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन्। समूह 'ए’ मा नेपाल, श्रीलंका र भुटान छन्। समूह 'बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: २० भाद्र २०७९ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App