८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

लिभरपूलको लज्जास्पद हार

इंग्लिस क्लब लिभरपूलले च्याम्पियन्स लिग फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ। नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ।

गए राति सम्पन्न समूह चरणको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ४–१ गोल अन्तरले हारेको हो।

नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले समान एकएक गोल गरे। लिभरपुलका लुइज डियाजले एक गोल फर्काए।  

खेलको ५ औं मिनेटमा जिलिस्की पेनले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। एन्गुइसाले ३१ औं मिनेटमा गोल गरे। ४४ औं मिनेटमा जियोवानी शिमोनले गोल गर्दै नापोलीलाई  पहिलो हाफमै ३–० गोल अन्तरले अग्रता बनाए।  

दोस्रो हाफको ४७ औं मिनेटमा जिलिस्कीले व्यक्तीगत दोेस्रो गोल गरे। त्यसको २ मिनेटपछि लिभरपूलका लुइज डियाजले एक गोल फर्काए।  

समुह ‘ए’ मा रहेको नापोलीले तीन अंक जोडेको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App