२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई ३-१ ले पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो।

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

सरोजले करिब १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए। यस्तै खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, ६८ औं मिनेटमा नेपालका सुवास बमले टिमका लागि तेस्रो गोल गरेका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो।

यस्तै भारतले पनि भुटानलाई ३-० ले हराएको थियो। दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ। आजै हुने श्रीलंका र माल्दिभ्सबीच समूह चरणको अन्तिम खेलले समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउने छ। नेपालले फाइनल प्रवेशका लागि  यी दुई टिमबीचको विजेतासँग खेल्नेछ। दुवै सेमिफाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ।

प्रकाशित: २४ भाद्र २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App