९ आश्विन २०८१ बुधबार
image/svg+xml

कौडीको मूल्यमा उखु बेच्न बाध्य किसान

चिनी उद्योग सञ्चालनमा नआए पनि खाँडसारी उद्योगहरुले कौडीको मूल्यमा उखु किनिरहेका छन्। जिल्लामा सञ्चालित करिब दुई दर्जन खाँडसारी उद्योगले अत्यन्त न्यून मूल्यमा उखु खरिद गरिरहेका छन्।

समस्यामा किसान

सरकारले सूचीकृत गरेको गरिमा जात (वर्णशंकर) को धानबाट राम्रो उत्पादन हुन्छ। रोपेको ९० देखि ९५ दिनमा बाला लाग्ने र १२० देखि १२५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रतिहेक्टरमा ५८ देखि ६३ क्विन्टलसम्म उत्पादन हुन्छ। तर, यस वर्ष गरिमाका नाममा नक्कली बीउ किसानलाई दिँदा फल लागेन। कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले यही नक्कली बीउ रोप्दा यस वर्ष धोका खानुप¥यो।

किसानलाई अलैंची भित्र्याउने चटारो

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

प्रशोधन केन्द्रले किसानलाई राहत

लालीगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठूलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कृषकलाई राहत भएको छ। स्थानीय सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

चिया प्रशोधन केन्द्रले किसानलाई मिल्यो राहत

लालिगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठुलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपनि चिया कृषकहरुलाई राहत मिलेको छ।

किसानलाई धान काट्ने चटारो

असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेपछि भक्तपुरे किसानलाई धान काट्ने चटारो परेको छ। तिहार नजिकिँदै जादा एकाबिहानैदेखि उनीहरुले समूहसमूहमा मिलेर धान काट्न थालेका छन्।

उखु किसानको ज्ञापनपत्र

दुई क्रसिङ सिजनको ४४ करोड रुपैयाँ बाँकी रहेको भन्दै उखु किसानले चिनी उद्योगका मालिकसँग रकम भुक्तानीको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्।

धानमा धोका

सरकारले उत्पादन धेरै हुने, मीठो र बास्नादार भन्दै सिफारिस गरेको गरिमा जातको धान लगाएका किसानले धोका पाएका छन्। विगतमा पनि सरकारले सिफारिस गरेका विभिन्न खाद्य बालीका बीउ प्रयोग गरेका किसानले यस्तै धोका पाएका थिए। सरकारले उन्नत जात भनेर लगाउन सिफारिस गरेका मकै, गहुँ, धानलगायत खाद्य बालीका बीउले उत्पादन राम्रो नदिएको र बोटमा फसलै नलागेका धेरै उदाहरण छन्। अहिले पनि गरिमा जातको धान लगाएका किसानले यस्तै धोका पाएका हुन्। सरकारले उत्पादकत्व बढी हुने भनेर सिफारिस गरेको भन्दै कैलाली, कञ्चनपुर, चितवनलगायत जिल्लाका किसानले यो वर्ष यही जातको धान लगाएका थिए। उत्पादन बढी हुने आशामा रहेका किसान धानमा बालै नलागेपछि अहिले निराश भएका छन्।

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ।

बाला नझुलेपछि बोट काट्दै किसान

नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन।

बाँदरबाट अन्न जोगाउन धौधौ

खेतमा आएका बाँदरले भटमास खाने मात्र नभै धान पनि नोक्सानी पुर्याउने गरेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक बताउँछन्।

किसानले पाएनन् साढे आठ करोड अनुदान

सिरहाको नरहा गाउँपालिका–३ स्थित हिमालय सुगर मिल्समा उखु बेचेका किसानले साढे आठ करोड सरकारी अनुदान अझै पाएका छैनन्। गत वर्ष (०७५/७६) मा उखु बेचेका ६ हजार आठ सय ६२ किसानको सरकारी अनुदान उनीहरुको खातामा आइपुगेको छैन।

बाला नलागेपछि हरियो धान काट्दै किसान

धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन्। धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन्।

आधुनिक मेसिनले चौरीपालक किसानलाई सहज

उत्तरी धादिङको रुविभ्यालीका अधिंकाश किसानको मुख्य पेसा चौरीपालन हो। पुर्खौंदेखि एउटै किसानले १० देखि ४०–५० वटासम्म चौरी पाल्दै आएका छन्। चौरीपालन तिप्लिङबासीको परम्परागत पेसा जस्तै बनेको छ। उब्जनी नहुने र रोजगारीको अन्य माध्यम नभएपछि पुस्तौंदेखि यसै पेसालाई निरन्तरता दिइरहेका छन्। यसले एकातिर धेरैलाई रोजगारी दिएको छ भने अर्कोतिर आर्थिक रुपमा सबल पनि बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्