९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उखु किसानको ज्ञापनपत्र

रौतहट – दुई क्रसिङ सिजनको ४४ करोड रुपैयाँ बाँकी रहेको भन्दै उखु किसानले चिनी उद्योगका मालिकसँग रकम भुक्तानीको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्।

किसानले बेचेको उखुको मूल्य पाउनुपर्ने व्यवस्था गरिदिन संघका पदाधिकारीको टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा उद्योगका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवालले क्रसिङ सिजन २०७१÷७२ को १२ करोड र क्रसिङ सिजन २०७५÷७६ को ३२ करोड रुपैयाँ बाँकी राखेको बताइएको छ।

दुवै सिजनको गरी ४४ करोड रुपैयाँ किसानले पाउनुपर्ने देखिएको छ। किसानको बाँकी रहेको रकमको भुक्तानीका लागि पटकपटक वार्ता गरेको तर भुक्तानीको कुनै ग्यारेन्टी नगरेकाले सम्पूर्ण बाँकी रकमको भुक्तानीको व्यवस्था गराइदिन ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

सो टोलीमा रहेका संघका सल्लाहकार राम भरोस राय यादवले किसानले आफ्नो उखु बेचेको रकम पाउनुपर्ने माग राखेर वार्ता गर्दा कहिल्यै पनि उद्योग पक्षले सकारात्मक पहल नगरेको र किसानको कुनै वास्ता नै नगरेको बताएका छन्। जिल्ला प्रशासन कार्यालयले भुक्तानीका लागि पहल गर्नेमा आफूहरू विश्वस्त रहेको पनि बताएका छन्।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App