हुलाकी सडकले फेरिँदैछ देहात
विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’। माटो भरेर सम्याउदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अबिकसित ग्रामिण क्षेत्र) बदलाव हुन थालेको छ।
विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’। माटो भरेर सम्याउदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अबिकसित ग्रामिण क्षेत्र) बदलाव हुन थालेको छ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय राजधानी काठमाडौं जोड्ने नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण गरेका छन् । लामो समयदेखि भइरहेको सडक बिस्तारको काम अझै सकिएको छैन । सडक निरीक्षणपछि उनले छिटो काम सक्न सडक आयोजनाका प्रमुख तथा प्राविधिकलाई निर्देशन दिएका हुन् ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाडौं जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन्। लामो समयदेखि सडक बिस्तारको निर्माण भईरहेपनि अझै नसकिएपछी सडकको निरीक्षण गरेर छिटो काम सक्न उनले मंगलबार सडक आयोजनाका प्रमुख तथा प्राबिधिकहरुलाई निर्देशन दिए।
चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ।
अघिल्लो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का भई काम अघि बढेका दुई हजार सडक आयोजना चालु आवमा अख्तियारीसहित बजेट निकासा नभएपछि अलपत्र परेका छन् ।सडक विभागले अर्थ मन्त्रालयको स्वीकृति लिएर काठमाडौं सहरी सडक, क्षेत्रीय तथा पर्यटकीय सडक र अन्य सहरी सडक शीर्षकमा दुई हजार सडकको बहुवर्षीय ठेक्का भई काम अघि बढाएका ती आयोजना अलपत्र परेका हुन् ।
दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।
भक्तपुर कटुन्जेका घर नभत्काउन सर्वाेच्च अदालतले डिभिजन सडक कार्यालय र सूर्यविनायक नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।
मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन्।
चेपिएर बसेका यात्रुलाई पनि सहचालकले ‘सर्नुस्’, ‘उता फर्किनुस्’, ‘मुन्टो घुटाउनुस्’, ‘त्यहाँ समाउनुस्’, ‘मिलेर बस्नुस्’, ‘नत्र झर्नुस्’ भन्न छाडेका थिएनन् । चावहिल–साँखु यात्राका क्रममा देखिएको यो दृश्य उपत्यकाका हरेक जसो रुटमा चल्ने गाडीमा देखिन्छ।
पाँच वर्षभित्र सबै वडामा सडक पर्याउने लक्ष्य लिएको गौमुल गाउँपालिकाले ग्रामिण सडक निर्माणको कामलाई तिब्रता दिएको छ। गाउँपालिकाको केन्द्रबाट दहकोट क्षेत्र र मानाकोट क्षेत्रमा सडक सञ्जाललाई जोड्न निर्माणलाई गति दिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।
भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्।
सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ।
बुधबार बिहान ललितपुरको सेन्टजेभियर्स स्कुलमा अरू दिनभन्दा फरक माहोल थियो । स्कुल प्रांगणमा अन्य स्कुलका विद्यार्थीसमेत जम्मा भएका थिए । उनीहरूको एउटै जिज्ञासा थियो, ‘सडकमा पेटी नभएका ठाउँमा कसरी हिँड्ने ?’ महानगरीय ट्राफिक प्रहरी ललितपुरले बुधबार आयोजना गरेको ‘स्कुलमा ट्राफिक शिक्षा’ कार्यक्रममा सहभागी हुन अन्य स्कुलका नानी पनि जम्मा भएका थिए।
बजेट अभावमा निर्माणाधीन सडक र पुलको काम गरेका ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । सडक कार्यालयबाट भुक्तानी हुन नसकेपछि महिनौंदेखि मजदुर र सप्लायर्सलाई दिनुपर्ने लाखौं रुपैंयाँ रोकिएको निर्माण व्यवसायीहरुको भनाइ छ ।