२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भारतको बहराईचमा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

नेपालगन्ज- भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्। नेपालगन्जबाट भारतको लखनउतर्फ जाँदै गरेको अवस्थामा युपी ४० एक्स ६८१४ नम्बरको ‘महिन्द्रा बोलेरो’ गाडी दुर्घटना हुँदा नेपालगन्ज निवासी मुनब्बर अलि हल्वाई र टिकापुर घर भई हाल नेपालगन्जमा बस्दै आएका भुतपुर्व प्रहरी नायव निरिक्षक(सई) रोशन शाहको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिए।

 प्रहरीका अनुसार युपी २१ ए.एन ७०६२ नम्बरको रोकिराखेको भारतीय ट्रकमा बोलेरो गाडी ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी नेपालगन्ज निवासी मृतक मुनब्बरकै छोरा ईब्राईम हल्वाई तथा काठमाडौं घर भएका अमुन खड्का र संग्राम शाह घाईते भएका छन्। उनीहरुलाई उपचारका लागी लखनउ लगिएको प्रहरीले जनाएको छ।

 भारतीय प्रहरीले दिएको जानकारी अनुसार उक्त दुर्घटना बहराईच जिल्लाको रिसिया भन्ने ठाउँमा बिहीबार बिहान भएको थियो । दुर्घटनाको एकिन कारण भने खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ । मृतक मुनब्बर नेपालगन्जमा लामो समयदेखी ड्राईभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । उनले नेपालगन्जमा सञ्चालन गर्दै आएको मुनब्बर मोटर ड्राईभिङ सेन्टर यसक्षेत्रकै पुरानो मोटर ड्राईभिङ सेन्टरका रुपमा चिनिन्छ । मृतक मुनब्बर गत प्रतिनिधि सभा निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए। 

प्रकाशित: १८ माघ २०७४ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App