८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘उज्यालो नगर’ बनाउने तयारी

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

तल्लो खारेको ७५ प्रतिशत काम सकियो

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाकोे काम ७५ प्रतिशत सकिएको छ।

जलविद्युत् आयोजना निर्माणमा सरकारकै तगारो

वन क्षेत्रको जग्गा प्रयोग गरेबापत राष्ट्रिय प्राथकिता प्राप्त आयोजना वा प्रसारणलाइनबाट कति रकम लिने भन्ने सम्बन्धमा सरकारले स्पष्ट व्यवस्था नगरेका कारण आयोजनाको काम प्रभावित भएको छ।

साढे दुई वर्षदेखि वनको तगारो

डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ। वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न बहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिंदा आयोजनाको काम रोकिएको हो।

बाल्टिया गाउँ शोकमा डुब्यो

शुक्रबार साँझ विद्युत् प्रवाह भई जन्ती बस दुर्घटना हुँदा ६ जनाको निधन भएपछि सबैला नगरपालिका–४ बल्टिया गाउँ शोकमा डुबेको छ। दिनभर वैवाहिक कार्यक्रममा रमाइरहेका स्थानीय साँझ भएको सो दुर्घटनापछि विक्षिप्त बनेका छन्। दिनभर छिमेकी गाउँबाट घटनाबारे बुझ्न आउनेहरूको भीड लागिरहेको छ। प्रहरीले चालकको लापरबाहीको कारण घटना भएको जनाएको छ।

तामाकोसीको म्याद २ महिना थप

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अवधि पछाडि धकेलिँदै गएको छ। पछिल्लोपटक आयोजना निर्माणको अवधि थपेर २०७६ को कात्तिकमा पुर्याइएको छ।

१५ प्रतिशत निर्माण सम्पन्न

संखुवासभामा निर्माणाधीन अरुण ३ जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ। बाँध, सुरुङ र विद्युत् गृह निर्माणलगायतका कामलाई तीव्र रुपमा अघि बढाएको आयोजनाले जनाएको छ।

‘विदेशी लगानीकर्ता जलविद्युत आयोजनामा लगानी गर्न लालायित’

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। शुक्रबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति पुनले लगानीमैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्नुपर्ने बताए।

आजबाट हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

‘प्राधिकरणले पोल भाडा बढाए इन्टरनेटको मूल्य बढ्छ’

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणको पोल र फाइबरको भाडादर वृद्धि लागू भए इन्टरनेटको मूल्य पनि बढाउने सेवा प्रदायकले बताएका छन्। प्राधिकरणले पोल प्रयोग गरेबापतको भाडा अस्वाभाविक बढाएको भन्दै उक्त निर्णय स्वीकार्य नभएको इन्टरनेट सेवा प्रदायक संघ नेपालले बताएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/०७६ देखि नै इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको पोल र ओपिजिडब्लु फाइबरको भाडा बढाउने निर्णय गरेको थियो।

बूढीगण्डकी बनाउन गेजुबासँग समझदारी गरिँदै

बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी)सँग समझदारी गर्ने तयारी भएको छ। समझदारीपत्रको मस्यौदा बनाएर राय, सुझाव लिन अर्थ र कानुन मन्त्रालयमा पठाएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले बताए।‘समझदारीपत्रमा अर्थ र कानुन मन्त्रालयले सुझाव दिएपछि मस्यौदाले अन्तिम रुप पाउनेछ,’ उनले मंगलबार नागरिकसँग भने, ‘त्यसपछि समझदारी हुन सक्छ।’

सोलुखोला दूधकोसीको काम ठप्प

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ। थुलुङ दूधकोसी गाउँपालिका–३ पन्चनमा निर्माण भइरहेको जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको हो।

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो ।

जलविद्युत् आयोजना निर्माणमा स्थानीय सरकार बाधक

जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिक्न थालेका छन्। रामेछाप र ओखलढुंगा सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन लागेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना गाउँपालिका अध्यक्ष गोविन्द खड्काले आयोजना स्थलमै गएर आयोजना निर्माण रोक्न निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्