५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

फाइल तस्वीर

नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गत बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो। प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरू मार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गर्दै आएको छ।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबीबक्स निःशुल्क पाउने छन्। प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन। मिटरको एक हजार ९ सय ३५ रूपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटापोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँमिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रूपैयाँ खर्च हुन्छ।

नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्नवर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरेका हुन्। गौशाला र धनुषाधाम वितरण केन्द्र अन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो।

कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकलाई विद्युत् पुर्‍याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए।

‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्य गर्ने चरणपार गरी अहिले २४ सै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्‍याउने चरणको अन्त्यतिर छौं, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी सधैं लोडसेडिङमा रहेका घरमा विद्युत् पु¥याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्र विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, योसँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्नवर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरेका हुन्।

‘कोही नागरिक पनि विद्युत् उपभोगबाट बञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरण गरिएपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फतहुने विद्युतीय दुर्घटना पनि कम हुने छ।’

मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गरेर चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे। मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ।

उनले भने, खेत खेतमाविद्युत् पुर्‍याएर सिँचाइ मार्फत उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि स्थानीयतहसँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अगाडि बढाएका छौं।’ तराई/मधेश क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए।

मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गरेर चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे।

एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीतभण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ।

मधेश प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गार्हस्थग्राहकको संख्या ९ लाख ३४ हजार छ। यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रूपमा ३० रूपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या २ लाख रहेको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App