२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सामाजिक क्षेत्रमा सुधार

मुलुकको अर्थतन्त्र समस्यामा देखिए पनि स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्मा भने जनताको पहुँच बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अन्य सामाजिक क्षेत्रका सूचकांकमा भने सुधार भएको तथ्यांकले देखाउँछ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १.९२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्यसम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गई विगतका वर्षदेखि नै स्वास्थ्य सूचकमा उल्लेख्य सुधार हुँदै गएको छ।

बाल मृत्युदर र मातृमृत्युदर घट्दै गएको छ। दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिलाको संख्या बढ्दै गएको छ। औसत आयु बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिहजार जनसंख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड नेपालमा प्रति १ हजार जनसंख्यामा १.१५ चिकित्सक र २.५४ नर्स रहेको सर्वेक्षणले देखाएको छ।

मुलुकको अर्थतन्त्र समस्यामा देखिए पनि स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्मा भने जनताको पहुँच बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ।

त्यसैगरी चालु आर्थिक वर्षको यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको छ। गत शैक्षिक सत्रको तुलनामा शैक्षिक सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भई ७२ लाख ६९ हजार ५५१ पुगेको छ।

विद्यार्थीको टिकाउ दरमा वृद्धि भएका कारण हरेक तहमा संख्या वृद्धि हुन गएको हो। आधारभूत खानेपानीको पहुँच पुगेको संख्या २०७९ फागुनसम्म ९४.९३ प्रतिशत पुगेको छ भने उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या २५.८१ प्रतिशत रहेको छ।

विद्यार्थीको टिकाउ दरमा वृद्धि भएका कारण हरेक तहमा संख्या वृद्धि हुन गएको हो।

यसैगरी ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। चालु आवको फागुनसम्मको अवधिसम्म ५ प्रतिशत मात्रै विद्युत्को पहुँचबाहिर छन्। गत आर्थिक वर्षको अन्त्यसम्म भने ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा यसको पहुँच विस्तार हुँदै गएको छ। इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत पुगेको छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App